Skip to content

चार महिनामा सरकारकाे राजस्व संकलन ३.२९ अर्ब, लक्ष्य भेट्न सकेन 

nabil bank
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चार महिनासम्म आउँदा ३ खर्ब २९ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारले चार महिनामा लक्ष्यको ७७.४९ प्रतिशत राजस्व संकलन गरेको छ ।
चालु आवको कार्तिकसम्ममा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष राखेको थियो । सरकारले राखेको लक्ष्यभन्दा करिब २३ प्रतिशत कम राजस्व संकलन भएको हो । चार महिनामा सरकारले भन्सार महशुल ७४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी, मूल्य अभिवृद्धि कर १ खर्ब ७ अर्ब ११ करोड ४६ लाख रुपैयाँ, अन्तःशुल्क ६२ अर्ब १ करोड ६ लाख रुपैयाँ, शिक्षा सेवा शुल्क र अन्य १ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ, आयकर ९३ अर्ब २३ करोड ४६ लाख रुपैयाँ र अन्य राजस्व (गैर कर) ४० अर्ब ५४ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime