Skip to content

एनपिएलको दोसो संस्करण आजदेखि सुरु, करिब ४० करोड आम्दानी हुने क्यानको अनुमान

nabil bank

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु गर्दैैछ ।

पहिलो दिन आज उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । किर्तिपुरस्थित टियु मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुनेछ । यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मैदानको फ्लडलाइटमा हुने छ ।

आजदेखि शुरु हुने एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ । त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुनेछ ।

डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुनेछ । त्यस्तै डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुनेछ । क्यानले सबै खेलहरु बिहान ११ः१५ र दिउसो ४ बजेको समय तोकेको छ । दुई खेल हुने दिन यस समयमा खेल हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउसो ४ बजेदेखि शुरु हुने छ ।

त्यस्तै क्यानले लिग चरणका चार खेल भने दिउसो साढे ३ बजे हुने जनाएको छ । त्यस्तै फाइनल खेलपनि साढे ३ बजेदेखि नै शुरु हुने छ । दोस्रो सिजनमा ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुने क्यानले जनाएको छ ।

प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटीबाट पाँच करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोडसम्म उठ्ने अनुमान क्यानको रहेको छ । क्यानले विजेता टोलीले १ करोड १० लाख पुरस्कार दिनेछ भने उपविजेतालाई ५१ लाख, तेस्रो हुनेलाई २५ लाख र चौथो हुनेलाई १५ लाख पुरस्कार दिने जनाएइको छ ।

क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ । जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५ सय र प्रिमियम टिकटको मूल्य १५ सय राखिएको छ ।

साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट ५ सय र प्रिमियम टिकटको मूल्य १ हजार तोकिएको छ । प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १ हजार र प्रिमियम टिकटको २ हजार राखिएको छ । प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य १५ हजार तोकिएको छ ।

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime