शिखर इन्स्योरेन्स, बिमल राज नेपाल, उप–मुख्य कार्यकारी अधिकृत
काठमाडौं । वि.स २०३० सालमा तत्कालीन बीमा संस्थानबाट बीमा क्षेत्रमा प्रवेश गरेका बिमल राज नेपालसँग सरकारी र निजी गरी निर्जीवन बीमा क्षेत्रको ५ दशक भन्दा लामो समयमा अनुभव छ ।
२०३० सालमा सिंहदरबारमा तत्कालीन शाही वायुसेवा निगम (हाल नेपाल वायु सेवा निगम) भवनको बीमा गर्न आएको देखि लिएर २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आधा दर्जन मन्त्रालय र करिब २ हजार गाडी केही घण्टामै जलेको देखे । तै पनि सरकारी निकायमा संरचनाको बीमा गर्नुपर्छ भन्नेमा चेत नखुलेको देखेर अचम्म मान्छन् । जब समस्या पर्छ, त्यसपछि विकल्प खोज्ने सरकारी प्रवृत्ति नसुध्रिएको प्रति उनको गुनासो छ ।
तत्कालीन समयमा संस्थानमा हुँदा जुटमिलहरुबाट पर्ने १०, २० लाख रुपैयाँको दाबी र अहिले अर्बौै रुपैयाँका दाबी पनि उनले नजिकबाट नियालेका छन् ।
बिस २०५२ सालमा संस्थाबाट बाहिरिएका नेपाल त्यही वर्ष प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल) मा प्रवेश गरे । सन् २०११ अगस्टदेखि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग आबद्ध छन् ।
सरकारी कम्पनी र निजी कम्पनीमा काम गर्ने तौर तरिकामा नेपालले निकै फरक पाएका छन् । दुवै निकायमा निर्णय गर्ने तौर तरिका फरक छन् । पुराना दिन सम्झनै भन्छन् ‘सरकारीमा डाइभर्सीफाइ हुँदैन । निजीमा हुन्छ ।’
सरकारी र निजीमा जिम्मेवारी फरक हुन्छ । शिखरमा नेपालले क्लेम विभाग मात्रै मात्रै हेर्छन् ।
‘संस्थानमा हुँदा क्लेम, अन्डरराइटिङ हेर्नुपर्ने थियो । यसले काममा एकीकृत हुन सकिँदैन थियो’ उनी भन्छन् ‘अहिले एउटा काममा ध्यान दिएर गर्न सकिन्छ ।
काम गर्ने सिलसिलामा जिम्मेवारी, काम गर्ने व्यवहार हेरेर निजी क्षेत्रमा ग्रोथ गर्न सकिन्छ ।’
हाल डिसीईओ रहेका नेपाल रि–इन्स्योरेन्स तथा दाबी (क्लेम) विभागमा छन् ।
यस क्षेत्रमा ज्ञान अभिवृद्धि गर्न उनले भारत, बेलायत र स्विज इन्स्योरेन्स ट्रेनिङ सेन्टर, ज्युरिख (स्विजरल्यान्ड) मा तालिम लिएका छन् । साथै, भारत र बेलायतका प्रतिष्ठित बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा ब्रोकर्ससँग काम गरेका केही अनुभव पनि छन् ।
यी सबै अनुभवलाई संगालेर नेपालले शिखरको श्रीवृद्धिमा प्रयोग गरिरहेका छन् । नेपालले अहिले शिखरमा रहेका दाबी भुक्तानी विभागमा रहेर काम गरिरहेका छन् । कम्पनीको साख बढाउन, कम्पनीको आम मानिसमा पुराउनेका लागि उसले गर्ने दाबी भुक्तानीले निकै प्रभाव गर्ने नेपालको बुझाइ छ ।
भदौ २३ र १३ गते भएको जेनजी आन्दोलनका क्रममा बीमा कम्पनीमा करिब साढे २३ अर्ब दाबी परेको छ । शिखरमा मात्रै ४४८ वटा माग दाबी परेको छ । जसमा करिब ७० करोड एडभान्स दिएको उनको भनाइ छ ।
शिखरले बिमीतलाई एडभान्सको रूपमा भुक्तानी गरिरहेको उनको भनाइ छ । यसरी एडभान्सको रूपमा दाबी भुक्तानी गर्ने शिखर पहिलो कम्पनी हो । यता गत वर्ष असोजमा आएको बाढी पहिरोमा परेको दाबीमा कागजात नपुगेका बाहेक सबैको भुक्तानी गरिसकेको छ । कागजात नपुगेको संख्या पनि बढीमा ८, १० वटा मात्रै छन् । यिनको पनि कागजात पुगेपछि दाबी भुक्तानी गर्ने क्रममा रहेको उनको भनाइ छ ।
बीमा सचेतना
अहिले मानिसको सम्पत्ति बढ्दै जाँदा मानिसमा बीमाको सचेतना बढेको छ । तर, पर्याप्त भने छैन । अहिले बीमाको साक्षरता बढ्दै छ । मोटर बीमामा तेस्रो पक्ष बीमा अनिवार्य भयो ।
बजारमा कानुनी परिवर्तन यहाँबाट बढी देखियो । अहिले बिमितले पाउने रकम पनि बढेर ५ लाख पुगेको छ । सवारी चालक, सहचालक, यात्रु सबैको बराबर छ ।
कानुन ल्याएर गरेको यो ठुलो परिवर्तन हो । अहिले बीमा शिक्षा बढेको छ । नेपाल बीमा प्राधिकरण पनि जागरूक भएको छ । कम्पनीहरूले कर्मचारीलाई तालिम दिने, एजेन्टहरूलाई तालिम दिने क्रम बढेको छ ।
शिखरले उचाइ कायमै कसरी राख्यो ?
शिखर इन्स्योरेन्स सधैँ शिखर कायमै राख्नका लागि विभिन्न सूचकले काम गरेका छन् ।
त्यसमा महत्त्वपूर्ण भनेको दाबी भुक्तानी नै हो । दाबी भुक्तानीले बिमितलाई आकर्षित गरेको छ । बिमितले समयमा नै दाबी भुक्तानी पाएको खण्डमा कम्पनीप्रतिको विश्वास बढ्छ ।
कम्पनीले जहिले पनि आफ्नो उपस्थिति सशक्त देखाउनु पर्छ । शिखरको सन्दर्भमा एडभान्सले पनि सकारात्मक सन्देश दिएको छ । समयमा नै दाबी भुक्तानी दियो भने कम्पनीप्रतिको विश्वास बढ्छ ।
‘हाम्रो कार्यगत शैली पनि यही छ । बोर्डदेखि तलसम्म नै यसमा हामी धेरै गम्भीर छौ ।’ उनी भन्छन्, ‘कुनै बिमीतले यसमा गुनासो गरे भने हामीले पहिला त्यो समस्या समाधान गर्न लाग्छौ । दाबी भुक्तानी छिटो टुङ्ग्याउनु हाम्रो दायित्व नै हो ।’
‘बीमा कम्पनीले बजार, बिमितको आवश्यक अनुसार नयाँ नयाँ प्रडक्ट ल्याउनु पर्छ । अन्य कम्पनीभन्दा हामीले केही पोसिली पहिला ल्याउन गरेका छौ ।’ उनी भन्छन् ।
अहिले शिखरले हेल्थ इन्स्योरेन्सका प्रडक्ट, अहिले हामीले गरेको अटो प्लसका प्रडक्ट, एडभान्स स्वास्थ्य बीमा पनि सुरु गरेको छ । यस्तो प्रडक्ट यो सबै परिवारका लागि पनि लिन सकिन्छ । एकल व्यक्ति छ भने ५, १०, २० लाखको लिन सक्ने व्यवस्था छ ।
तालिम, पुरस्कार
कम्पनीले सर्भेयरहरुलाई हरेक वर्ष तालिम दिने, पुरस्कार दिने, राम्रो काम गर्नेलाई सम्मान गर्ने, छिटो छरितो रूपमा रिपोर्ट बुझाउनेलाई सम्मान गर्ने गरिरहेको छ ।
‘बीमा क्षेत्रमा सर्वेवरको भूमिका हुन्छ । शिखरमा दाबी भुक्तानी विभागमा करिब ६० जना हुनुहुन्छ । बीमा क्षेत्रमा एउटै विभागमा यति धेरै जनसङ्ख्या छैन ।’ उनी भन्छन्, ‘हामीले अहिले २४ सैं घण्टा कल सेन्टर सुरु गरेका छौ । यसले पनि सेवा प्रवाहलाई सहज बनाउने छ ।’
यो सेवाले कुनै बिमीतलाई केही समस्या परेको खण्डमा समाधानमा पहल गरिने उनको दाबी छ । कुनै कागज पुगेन, त्यो कहाँ कसरी बनाउने हो भन्ने जानकारी भएन भने जानकारी गराउने, बीमितले समय समयमा फलो अप गर्ने काम कम्पनीले गरेको छ ।
हामीले कुनै बिमीतले केही समस्या परेर फोन, निवेदन, इमेल, ह्वाटसएप, एसएमएस जेमा जानकारी गराए पनि हामी त्यस्ता कामलाई प्राथमिकतामा राख्छौ । यसका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ), सञ्चालक बोर्डबाट आउने मार्ग निर्देशनले काम गर्न थप प्रेरित गरेको छ ।
‘हामी सधैँ मार्केट भन्दा अग्रणी रूपमा कसरी जाने भनेर काम गरिरहेका छौ ।’ उनी भन्छन्, ‘सेवा, नयाँ प्रडक्टमा पनि ध्यान दिइराखेका छौ । समयमा नै नयाँ पोसिली दिनु महत्त्वपूर्ण हो । यसले बिमीतलाई आकर्षित गर्ने काम गर्छ । यो सँगै कम्पनीलाई राम्रो पुनर्बिमाको ब्याकअप लिएर पनि राख्नुपर्छ ।’
‘भोलीको दिनमा माग दाबी पर्न सक्छ । त्यसमा पनि ध्यान दिइनै राखेका छौ । पुनर्बिमा राम्रो भएपछि जति नै माग दाबी परे पनि त्यसले नाफामा कुनै असर पार्दैन’ नेपाल भन्छन् ।
जेनजी आन्दोलनमा भएको क्षतिमा परेका मागमा करिब ७० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । अन्य रकम पनि भुक्तानी भइरहेको छ । बीमितले कम्पनीलाई गर्ने विश्वास ठुलो हुने रहेछ । बीमितले बीमा गर्न खोज्दा बजारमा बुझ्नु हुन्छ । अहिले बजार निकै प्रतिस्पर्धी छ । त्यसले फाइदा हुने भनेको बीमितलाई नै हो ।
राम्रो ग्रोथ गर्न अन्य विभागको भूमिका
कम्पनीको ग्रोथका लागि सबै विभागको भूमिका त्यतिकै महत्त्वपूर्ण हुन्छ । बिजनेसका लागि दौडिनु पर्छ । त्यति नै राम्रो तरिकाले पोलिसीहरु अनराइट गरेर दिनुपर्ने हुन्छ । त्यति नै राम्रो रिइन्स्योरेन्स ब्याकअप चाहियो । त्यति नै बेला लगानीका लागि पैसा चाहियो । भनेको समयमा दाबी भुक्तानी गर्नु पर्यो । त्यो भयो भने विश्वास आर्जन गर्न सकिन्छ ।
बजारमा बढ्दो बीमा सचेतना
त्यो बेला म बीमा संस्थानमा थिए । २०३० सालमा सिंहदरबारमा आगलागी भयो । तत्कालीन समयमा म शाही वायुसेवा नियममा हाम्रो कार्यालय थियो । सिंहदरबार जलेको थियो । त्यही दिन आरएनएसी आएर हाम्रो भवनको बीमा गर्नुपर्यो भनेर प्रस्ताव लिएर आएको थिए । यो कुरा आजभन्दा करिब ५२ वर्ष अघि हो । अहिले निजी घर भवनको बीमा भएको छ । तर, सरकारी संरचनाको बीमा भएको छैन ।
यसबाट हामी के बुझुन् सक्छौ भने कुनै घटना नघटी चेतना नआउने रहेछ । हामीले यो अवधिलाई हेर्ने हो भने सरकारी निकाय परिवर्तन भएको छैन । ५२ वर्षअघि देखि अहिलेसम्म त्यही नै छ ।
पहिला केही समय सरकारी गाडीको बीमा गरिएको थियो । पछि त्यो पनि हटाइयो । अहिलेको सरकारका मन्त्रीले बीमाको विषय ल्याउनु भएको छ, अब हेरौँ के हुन्छ । यता निजी क्षेत्र तर्फ घर, पसलको बीमा गर्ने क्रम बढेको छ ।
२०७२ को भूकम्पपछि बीमा कम्पनीले समयमा नै दाबी भुक्तानी गर्दा त्यसले बजारमा राम्रो सन्देश गएको भएर पनि यसमा आकर्षण बढेको हो । बीमा जति हुनुपर्ने हो त्यो भएको छैन ।
बीमा व्यवसाय
अहिले बीमा बजार वार्षिक १०, १२ प्रतिशतले बढी रहेको छ । जेनजी आन्दोलनपछि यो बढ्ने सक्ने सम्भावना छ । सरकारी निकायले बीमा गर्ने हो भने यो बढ्न । देशको अर्थतन्त्र राम्रो भयो भने बीमाको दायरा, बिजनेस पनि बढ्छ ।
जेनजी आन्दोलनमा भएको क्षतिले पनि मानिसलाई निकै सचेत बनाएको छ । भूकम्प गएपछि परेका दाबीको समयमा नै भुक्तानी भएपछि बीमा गर्ने क्रम बढेको थियो ।
शिखरका भावी योजना
शिखरको भावी योजना भनेको मुख्य रूपमा मार्केटिङ रहेको नेपाल बताउँछन् । त्यसमा शिखरले निकै ध्यान दिएको छ । साथै शिखरले केही समयमा नै बजारमा नयाँ प्रडक्ट ल्याउने तयारी गरेको छ । त्यो प्रडक्टलाई अधिकांश मासमा पुर्याउने योजना रहेको छ ।
अहिले हेल्थ इन्स्योरेन्स, मोटरमा अटो प्लस भन्ने योजना ल्याएको छ । त्यो निकै राम्रो रूपमा चलेको छ । अर्को भनेको एक्सटेन्डेड वारेन्टी अफ मोटर पोसिली भनेर सुरु गर्न लागेको छ ।
शिखरमा कर्मचारीलाइै के विषयले तानेको छ ?
कम्पनीको लिडरसिपले तय गर्ने भनेको कर्मचारीमा आकर्षण पनि हो । कम्पनीले नेतृत्व, व्यवस्थापनले कर्मचारीमा आकर्षण बढाउने रहेछ । कर्मचारीले लिने ज्ञान, सिपलाई कम्पनीको हितमा काम गर्न सक्नुपर्छ । त्यसले कम्पनी र आफूलाई सहयोग गर्छ ।
शिखरमा कलेजमा पढ्ने विद्यार्थी पनि छन् । बिहान ११ बजे आएर काम गर्छन । बिहानको काम साँझ गर्न सक्न । कर्मचारीहरूले एक आपसमा काम बाँडेर गर्नुहुन्छ । कम्पनीले दिने तालिम, नयाँ नीति तथा पोलिसिका बारेमा हुने छलफलले कर्मचारीलाई आकर्षित गर्छन् ।
हरेक विभागमा अध्ययनको व्यवस्था गरेको छ । सातामा ४५ मिनेट कार्यालय समयमा नै पढ भनेको छ । पढेको कुरा के पढेको हो विवरण भर भनेको छ ।
कर्मचारीको क्षमता अनुसार सेवा गर्ने अवसर दिएको छ । कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारीको पोसाक, समय समयमा हुने ग्रोथले कर्मचारीलाई खुसी बनाएको छ ।






प्रतिक्रिया दिनुहोस्