Skip to content

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

nabil bank

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान सुरु भएको छ ।

प्रसाईलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime