Skip to content

ग्रीनेदी इनर्जीले आईपीओ निष्कासन गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

nabil bank

काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतामा ग्रीनेदी इनर्जीका अध्यक्ष युरेश मान कायस्थ तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरे ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ वैशाख ८ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime