Skip to content

सरकारले आफ्नो कर्तुत लुकाउन सुतिरहेका दुर्गा प्रसाईँलाई पक्राउ गर्यो, तुरुन्त छाड्नुस्ः केपी ओली

nabil bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुर्गा प्रसाईँलाई आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको बताएका छन् ।

बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईँलाई समाउनु मानव अधिकारको उल्लङ्घन हो भनिसकेको अवस्थामा सरकारले उनलाई थुनिराख्न नमिल्ने ओलीले बताए ।

दुर्गा प्रसाईँले दिउँसो भिडियो सार्वजनिक गरेकामा राति सुतिरहेको बेला समातेको बताउँदै उनले दुर्गाप्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन ? भन्दै प्रश्न गरे । प्रश्नको जवाफ थुनेर नहुने उनले बताए ।

‘गिरफ्तार गरेर, मुख बन्द गरेर समस्या समाधान हुँदैन, म सरकारलाई भन्छु–दुर्गा प्रसाईँलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ?’, ओलीले प्रश्न गने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime