काठमाडौं । बुधबारको प्रि–ओपन सेसनमा सेयर बजार ४.८४ अंकले बढेर २५७०.९२ बिन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२२ अंक बढेको छ।
बुधबार प्रि–ओपन सेसनमा ५४ कम्पनीको ९८ पटकको कारोबारमा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ ७० पैसाबराबरको ६२ हजार ९९१ कित्ता सेयर खरिदबिक्री भएको छ।
जसमध्ये ३१ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको मूल्य घटेको छ। बाँकी २ कम्पनीको मूल्य भने स्थिर रहेको छ।






प्रतिक्रिया दिनुहोस्