Skip to content

डेडिकेटेड फिडर तथा ट्रंकलाइनः अशोक स्टिलले तिर्यो दोस्रो किस्ता

nabil bank

काठमाडौं । अशोक स्टिल कम्पनीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको गणना सीट अनुसार थप दस्तुर बापत ६३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

विद्युत प्राधिकरणका अनुसार स्टिलले दोस्रो किस्ता बापत आज ६३ लाख रुपैयाँ भुक्तानी गरेको हो । अशोकले प्राधिकरणलाई १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । पहिलो किस्ता बापत ६३ लाख रुपैयाँ भुक्तानी गरेको छ । यो दोस्रो किस्ता हो ।

स्टिलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल भुक्तानी गरेको हो । प्राधिकरणले २८ कित्तामा बिभाजन गरी तिर्न सुविधा दिएको छ । सोही अनुसार दोस्रो किस्ता तिरेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime