Skip to content

सुप्रिम सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको सुनुवाइ स्थगित भएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको पैसा ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो ।

सहकारी ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेशी थियो । रवि र छविका पक्षबाट बहस गर्ने अधिवक्ताहरू समयमा नपुग्दा सुनुवाई स्थगन भएको हो ।

यो सँगै बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले दिएको रिट निवेदनमाथि आज कुनै सुनुवाइ हुन पाएन । रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा परेको छ । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime