Skip to content

यी हुन् सिटिजन्स बैंकका ठूला २७ सेयरधनी, कसको स्वामित्व कति ?

nabil bank

काठमाडौं । सिटिजन्स बैंकको ठूला सेयरधनीमा २७ विभिन्न व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकको सबैभन्दा ठूला सेयरधनीमा नागरिक लगानी कोष रहेको छ । बैंकको कोषको नागरिक लगानी कोषको ३.३५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै उर्मिला पाण्डेको ३.३० प्रतिशत, बिजेन्द्र जोशीको १.३९ प्रतिशत, मनोहर दास मूलको १.३७ प्रतिशत, दिग्विजय बिष्ट १.३० प्रतिशत, तारा विष्टको १.३० प्रतिशत, पवित्र कुमार कार्कीको १.२८ प्रतिशत, रविन्द्र मान सिंह प्रधान १.२८ प्रतिशत, सावित्री शर्माको १.१८ प्रतिशत, रमेश शर्माको १.०२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै सोनी जोशीको ०.९३ प्रतिशत, अर्जुन प्रसाद शर्माको ०.८७ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.७३ प्रतिशत, डा। शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत, विष्णुपसाद पोखरेलको ०.७१ प्रतिशत, सुलोचन राज राजभण्डारी ०.६८ प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.६८ प्रतिशत, चन्द्र टन्डनको ०.६३ प्रतिशत, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत, प्रमिला नेपालको ०.५६ प्रतिशत, रमिता भट्टराईको ०.४५ प्रतिशत, मनिता भट्टराई ०.५४ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा। लिको ०.५२ प्रतिशत, प्रताप जंग पाण्डेको ०.५२ प्रतिशत, राजेश खड्काको ०.५१ प्रतिशत, प्रेम बहादुर श्रेष्ठको ०.५१ प्रतिशत र अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यो स्वामित्व संस्थापक सेयर र सर्वसाधारण सेयरको हो । बैंकका अनुसार तारा बिष्टसँग सर्वसाधारण तर्फको सेयर छैन भने बाँकी सेयरधनीसँग संस्थापक तथा साधारण दुवै सेयर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime