Skip to content

सुनको मूल्य तोलाको १३ सय रुपैयाँ घट्यो, चाँदीको कति ?

nabil bank

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलाको १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ८५ रुपैयाँ घटेको हो । आज सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ घटेको छ ।

आजको बजारमा चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime