काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
जसमा बोनस सेयर ५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्