काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दिएको निवेदनमाथि आइतबार सुनुवाई हुने भएको हो ।
कार्कीको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।






प्रतिक्रिया दिनुहोस्