Skip to content

क्रेटा ईभी नेपाली बाटो सुहाउँदो छ, अहिलेसम्म निकै राम्रो प्रतिकृया आएको छः महाप्रबन्धक थपलिया (भिडियो)

nabil bank

नेपालमा क्रेटा ईभी भित्रिएको करिब ७ महिना भयो । यो अवधिमा क्रेटाको बजार निकै राम्रो रहेको छ । नेपालमा ईभीको बजार निकै बढ्दै गएको छ । बिक्री भएका गाडी मध्ये करिब ७० प्रतिशत हिस्सा ईभीको मात्रै रहेको छ ।

नेपालमा ईभी आयात बढ्दै गर्दा यसको ब्यार्टी क्षमता, पार्ट पुर्जामा पर्ने लागत के कति छ ? लक्ष्मी इन्टरकन्टिनेन्टलले उपभोक्तालाई सहजै सेवा दिन के कस्ता विषयमा ध्यान दिएको छ ? यी र यस्तै विषयमा केन्द्रीत रहेर लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियासँग गरेको कुराकानीका सम्पादित अंशः

नेपालमा क्रेटा इभीको माग कस्तो छ?

हामीले नेपालमा क्रेटा इभी करीब ७ महिना अगाडि सार्वजनिक गरेका छौँ। नेपालमा क्रेटा सार्वजनिक गर्नुअघि नै यसमा धेरै मानिसहरूको चासोथियो। यो निकै प्रतिष्ठित पनि थियो। क्रेटा आफैमा एक ब्राण्ड जस्तो भइसकेको थियो, त्यसैले यसका बारेमा धेरैले जानकारी लिइरहेका थिए।क्रेटा इभीमा उभिएका उपभोक्ताको चाहना र चासो निकै बढेको छ। इभी रुचाउनेहरूलाई क्रेटा कहिले आउँछ भनेर लागिरहेको थियो। यसको मोडल पनि सबैले रुचाएका छन् ।

जब नेपालमा यो आयो, त्यसपछि यसको प्रयोगकर्ताबाट उत्कृष्ट प्रतिक्रियाहरू आएको छ। उपभोक्ताको प्रतिक्रियाले हामीलाई धेरै सन्तुष्ट बनाएको छ। जुन ग्राहकहरूले अहिलेसम्म हामीलाई माया दिइरहनु भएको छ, त्यो क्रेटामा गरिएको विश्वासको परिणाम हो। यो गाडी नेपाली बाटोमा सुहाउँदो छ। यसको ग्राहकको प्रदर्शन पनि निकै राम्रो रहेको प्रतिक्रियाहरू आएका छन्।

उपभोक्तालाई क्रेटा इभीको कुन पक्षले बढी आकर्षित गरिरहेको छ?

हाल नेपालको बजार करिब १२, १३ हजारको छ, जसमा ७० देखि ७५ प्रतिशत हिस्सा इभीको रहेको छ। नेपाली बजारमा ५० देखि ५५ लाखरुपैयाँ मूल्य पर्ने गाडीको ठूलो बजार छ। औसतमा ३० प्रतिशत भन्दा  ठूलो बजार यहीं रेंजको छ, र क्रेटा पनि यहीं छ।

यति धेरै विकल्प हुँदा उपभोक्ताले के लिउ, किन लिउ भन्नेमा पुग्नुहुन्छ। अहिलेसम्म जसले क्रेटा लिएका छन्, उनीहरूले यस गाडी लिनुको कारण ‘पिस अफ माइन्ड” रहेको बताएका छन् ।

हुण्डाईको कुनै पनि गाडी चयन गर्दा पार्ट्सका सुविधा र लागतको चिन्ता पर्नु हुँदैन। यात्रा गर्दा बाटोको अवस्था कस्तो होला भनेर चिन्ता लिनुपर्दैन। गाडी लिँदै गर्दा धेरै कुरामा ध्यान दिनु पर्छ, र उपभोक्ताहरू ‘पिस अफ माइन्ड’ मा बढी ध्यान दिन्छन्, जुन यो गाडीले दिन्छ।

यसमा आफ्टरसेल्सको धेरै चिन्ता गर्नु पर्दैन। पार्ट्स पाइने वा नपाउनेबारे चिन्ता गर्नु पर्दैन। पार्ट्सको मूल्यको पनि चिन्ता गर्नु पर्दैन।

हुण्डाईको यात्रा ७ वर्ष पुरा भएको छ। हामीसँग दक्ष प्राविधिक छन्। देशभरमा हाम्रो १५ वटा नेटवर्क छन्। गाडीमा उपभोक्ताको लागि आवश्यकसबै चीजहरू उपलब्ध छन्। यी गाडी लिएपछि उपभोक्तालाई कुनै चिन्ता हुँदैन भनेर विश्वास गर्न सक्छन् ।

मूल्यका हिसाबले क्रेटा इभीले उपभोक्तालाई कत्तिको आकर्षित गरेको छ?

हरेक गाडीको आफ्नै विशेषता हुन्छ। इभीमा हुण्डाई पुरानो ब्राण्ड हो। सन् २०१८ बाट हामीले आयोनिक मार्फत यात्रा सुरु गरेका छौँ। हामीले सुरुमा कोरियाबाट पनि इभी ल्याएका थियौं। त्यो बेला अहिले जस्तो कर छुट थिएन, जसले गर्दा मूल्य बढी पर्ने गरेका थिए। हाल ४वर्षभन्दा धेरै समयदेखि करको दर प्रायः उस्तै छ।

इभी गाडी चल्ने भनेको त मुख्य रूपमा ब्याट्रीकै भरमा हो। हुन्डाईका अघिल्ला इभी गाडीहरूको नेपालमा कस्तो अनुभव रह्यो, ब्याट्री फेर्दा किन महँगो पर्छन्?

आयोनिक र कोनामा अहिले सम्म ब्याट्री फेर्नु परेको छैन। दुवैको ब्याट्री हेल्थ अझै धेरै राम्रो छ। कोनामा ९७ प्रतिशत र आयोनिकमा ९५ प्रतिशतसम्म रहेको छ, जुन करिब ५ प्रतिशत मात्र घटेको हो। ब्याट्री लिथियम–आयन प्रविधिको भएकाले नेपालको भू–भागमा पनि उत्कृष्ट प्रदर्शन दिने गर्छ। सानो प्याकमा पनि यसको ऊर्जा घनत्व धेरै हुने भएकाले पर्फर्मेन्स राम्रो देखिन्छ।

अहिलेसम्म चलाएको दूरीअनुसार पनि नतिजा निकै राम्रो छ। विश्वभर ब्याट्रीका कच्चा पदार्थको माइनिङ भइरहेको छ, र सप्लाई चेनको स्केल बढ्दै जाँदा लागतमा पनि परिवर्तन आएको छ। पहिले लिथियम–आयन ब्याट्रीको दर करिब ४५० डलर प्रति किलोवाट–आवर थियो, तर अहिले झर्दै करिब १०० डलर हाराहारीमा पुगेको छ। ४०० डलरमै ब्याट्री पाइन्छ, यद्यपि त्यसमा पर्ने कुल लागत फरक विषय हो। अब यो भन्दा झनै सस्तो हुने सम्भावना देखिँदैन।

ब्याट्रीको रिप्लेसमेन्ट लागत अत्यन्तै उच्च नहोला, तर चुनौती भनेको म्यानुफ्याक्चररले तोकेको दरमै नेपालसम्म ल्याउन कठिन हुनु हो। लिथियम–आयन ब्याट्री विदेशबाट ढुवानी गर्दा विशेष कन्टेनर चाहिन्छ, किनकि साधारण कन्टेनरमा आगलागीको जोखिम देखिएको छ। त्यसैले रेफ्रिजेरेटेड कन्टेनरमार्फत ल्याउनुपर्ने हुन्छ, जसले गर्दा नेपालसम्मको ढुवानी लागत धेरै नै बढ्छ।

नेपाली उपभोक्ताले नेपालमा एसेम्बल गरिएको इभी कहिलेदेखि चढ्न पाउनेछन्?

तयारी अवस्थामा गाडी आयात गर्नका लागि सरकारले छुट दिएको छ। नेपालमा एसेम्बल गर्नु भन्दा बाहिरबाट आयात गर्न सस्तो पर्छ ।

सरकारको नीति अब छ। नेपालमा ५० ड्यूटी छ। यो ड्यूटी भएसम्म चुनौतीपूर्ण छ। विदेशमा कुनै कम्पनीले उच्च नाफा राखेर गाडी बिक्री गर्दा, नेपालमा त्यो अवस्था छैन। आशा गरौं भविष्यमा केही परिवर्तन हुन सक्छ। यदि सरकार एसेम्बलिंगलाई प्रोत्साहन गर्ने नीति लियो भने यसले देशलाई पनि लाभ दिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime