काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ७ अर्ब ५४ करोड ८२ लाख ५० हजारको ईभी भित्रिएको छ । यस अवधिमा इभी आयात गरेर सरकारले ४ अर्ब ६८ करोड ८९ लाख ९० हजार रुपियाँ राजश्व प्राप्त गरेको हो ।
भन्सार विभागका अनुसार यस अविधमा ५० किलोवाटकाे १ हजार २ वटा इभी गाडी भित्रिएका छन् । यसैगरी, ५१ देखि १०० किलोवाटका १८ सय २६ वटा, १०१ देखि २०० किलोवाटसम्मको ३७४ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको १ वटा ईभी गाडी आएका छन् ।
नेपालमा ईभीप्रति आकर्षण बढ्दा आयात पनि उल्लेखनीय भएको पाइन्छ । विभागका अनुसार ५० किलोवाटका १ हजार २ वटा, ५१ देखि १०० किलोवाटका १८ सय २६ वटा, १०१ देखि २०० किलोवाटसम्मको ३७४ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको १ वटा ईभी गाडी आएका छन् ।






प्रतिक्रिया दिनुहोस्