काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले १ अर्बको सुरक्षण नराखिएको सहायक अवधिको ऋणपत्र निष्कासन गर्ने निर्णय गरेको छ । यसमा ७ प्रतिशत ब्याज पाइने छ ।
ऋणपत्रको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र धितोपत्र बोर्डबाट पनि स्वीकृति लिएर निष्कासन गर्ने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्