काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
जसमा बोनस ५ प्रतिशत र कर सहित नगद ५ प्रतिशत रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्