Skip to content

सेयर बजारमा हरियाली, परिसूचक २६ सय बिन्दु कायम

nabil bank

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । बजार ३९.९२ अंकले बढेर परिसूचक २६००.२२ बिन्दु कायम भएको छ ।

३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

कारोबारमा सागर डिस्ट्रिलरी, बन्दिपुर केवलकार, झापा इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी पहिलो स्थानमा रहेको छ ।

कम्पनीको ६५ करोड ६० लाख ९१ हजार ९२९ रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको ३४ करोड ७८ लाख ३ हजार ८२६ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime