Skip to content

एनआरए र एमएएमएसबीबीच ऐतिहासिक सम्झौता

nabil bank

काठमाडौ । नेपालको रेमिटेन्स क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा, नेपाल रेमिटरर्स एशोसिएसन ( एनआरए) ले मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेस (एमएएमएसबी ) सँग सम्झौता गरेको छ ।

यो सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गर्दछ । दुवै संघहरूले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न, र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमतिमा जनाइएको छ ।
सम्झौताले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।

एमएएमएसबीका अध्यक्ष दातो जाजाखान बिन कादेर गनी र एनआरएका अध्यक्ष रितेश मित्तलले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण, र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने विषयमा विचार–विमर्श गरे ।

त्यस अवसरमा एनआरएका अध्यक्ष रितेश मित्तलका अनुसार “यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो । एमएएमएसबी सँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने, र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पु¥याउनेछ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime