Skip to content

आफन्त नियुक्तिका बारेमा प्रधानमन्त्री सचिवालयको प्रष्टीकरण, सुरक्षा लागि विश्वासिलो पात्र नियुक्त गरियो 

nabil bank
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले आफन्त नियुक्ति बारे स्पष्टीकरण दिएको छ । सोमबार सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रकाशित–प्रसारित सामग्रीलाई लिएर गम्भीर ध्यानाकर्षण सहित नियुक्तिको विषयमा स्पष्टीकरण दिएको हो ।
प्रधानमन्त्रीको परिवारमा हाल श्रीमान् मात्र रहेको र उनको वृद्ध उमेरको कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीले छनोट गरी नियुक्त गरेको सचिवालय बताएको । प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका प्रधानमन्त्री मितव्ययिता, पारदर्शिता र जबाफदेहीताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरूपको आचरण र व्यवहार गर्दै आएको सचिवालयले बताएको छ । राज्यकोमा कमभन्दा कम भार परोस् र छरितो रूपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको छ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको उल्लेख छ।
यसबाहेक अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगर्न ध्यानाकर्षण पत्रमा भनिएको छ।
कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त भएका छन् । १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक छन्। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत रहेका छन्।
यसमा सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरूले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हाल सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime