Skip to content

सेबोनमा कर्मचारी टिकाउन धौ-धौः अर्थको असहयोग, अख्तियारको त्रास

nabil bank

काठमाडौं । अहिले ५ सय भन्दा बढी कम्पनी तथा संस्थानको नियमन, सुपरिवेक्षण लगायको काम गर्ने निकाय हो धितोपत्र बोर्ड । संख्यात्मक रुपमा हेर्दा धेरै कम्पनीको नियमन गर्ने निकाय सेबोनलाई ठूलै नियामक निकायको रुपमा लिनेको कमी छैन ।

सामान्यतया बाहिरबाट हेर्दा यति ठूलो निकायमा काम गर्न कर्मचारी कति लालयति होलान ? यो धेरैको मनमा लाग्ने खुलदुली पनि हो । तर, पछिल्लो केही समय यता सेबोनमा कर्मचारीहरुको आकर्षण भन्दा बिकर्षण धेरै देखिन थालेको छ । बाहिरबाट हेर्दा संख्यात्मक रुपमा ठूलो नियामक निकाय भएपछि भित्र कर्मचारीको तहमा हेर्दा उत्साह खासै छैन ।

सेबोनको विभिन्न तहमा रहेका निकै दक्ष कर्मचारीहरु समेत धमाधम सेवा छोड्न थालेका छन् । यसले पनि सेबोनको जागिरमा आकर्षण कम गर्दै गएको हो की भनेर भन्न कठिन छैन । सेबोनबाट २०८१ माघ दोस्रो साता कार्यकारी निर्देशक कृष्णराज पोखरेलले पदबाट राजीनामा दिए । उनी २०७९ कात्तिक १६ गते सेबोनमा ओएनएम सर्वे नगरी कार्यकारी निर्देशकमा बढुवा भएका थिए । कार्यकाल पुरा नगरी बाहिरिए ।

अहिले अन्य कर्मचारीहरु पनि सेबोनमा बस्ने भन्दा अन्य निकायमा जान थालेका छन् । यसले सेबोनमा काम गर्न कर्मचारीलाई आकर्षण भन्दा बिकर्षण बढिरहेको बोर्डका कर्मचारीको भनाइ छ । गत साता सेकेण्डक्लास अफिसर ऋषिराम पण्डितले सेबोन छोडे ।
उनी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (वित्त)मा नियुक्त भए । उनी कम्पनीमा ११ औं तहमा नियुक्त भएका हुन् ।

पण्डितलाई बोर्डमा कामको सन्दर्भमा निकै काबिल कर्मचारीको रुपमा लिने गरिन्थ्यो । उनीले सेबोनमा छोटो समय काम गरे । पण्डित मात्रै होइन सेबोनबाट जागिर छोडेर दक्ष कर्मचारी निजी तथा अन्य संस्थान तथा नियामक निकायमा समान पद वा पद घटेर समेत जाने गरेका छन् । जागिरको सेवा अवधि नै नपुगी सेबोनका २ जना चार्टर्ड एकाउन्टेन (सिए)ले पनि यसअघि नै राजीनामा दिएर बाहिरिएका छन् ।

यसअघि सिए नमुना जोशी र आरती कोइरालाले राजीनामा दिएर बाहिरिएका छन् । जोशी निजी बीमा कम्पनीमा जागिर खान गएको र कोइराला सामाजिक सुरक्षा कोषमा नियुक्त भएका छन् ।

यस्तै बोर्डका अर्का अफिसर रोशन राई सेबोन छोडेर नेपाल राष्ट्र बैंकमा पुगेका छन् । बोर्डका एक कर्मचारीका अनुसार अझै पनि केही दक्ष कर्मचारी जागिर छोड्ने तयारीमा रहेका छन् । सेबोनको विभिन्न शाखामा रहेका कर्मचारी अहिले अन्य कम्पनी तथा संस्थानमा विकल्प खोजिरहेको उनको भनाइ छ ।

‘कर्मचारीका लागि धितोपत्र बोर्ड धेरै नराम्रो ठाँउ होइन, करिब ५ सय भन्दा बढी कम्पनीको नियमन गर्ने नियामक निकाय हो’ बोर्डका ति कर्मचारीले भने ‘संख्यात्मक रुपमा ठूलो भएर के गर्नु, यसलाई राज्यका निकायले हेर्ने दृष्टिकोण, आम सर्वसाधारणले पछिल्लो समय हेर्ने नजर निकै नराम्रो बन्दै गएको छ ।’ यसले पनि इमान्दार भएर काम गर्न चाहने कर्मचारीको मनोबल कमजोर भएको हो ।

बोेर्डका ति कर्मचारीका अनुसार पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटका काटेको पत्र, अर्थ मन्त्रालयका राजस्व सचिवले असोज २ गते बोर्डमा पठाएको पत्रले पनि लकर्मचारीको काम गर्न मनोबल कमजोर भएको बताइन्छ ।

अन्त्रालयले पठाएको पत्रमा ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र वोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने’ भन्ने रहेको छ ।

मन्त्रालयले उक्त कार्यविधि खारेज गर्ने भनेपछि सेबोनका कर्मचारी २ महिनदेखि आन्दोलनमा छन् । मन्त्रालयले उक्त पत्रलाई पुनरावलोकन गर्ने आश्वासन दिएको छ । पुनरावलोकन भएन भने सेबोनमा कर्मचारीको अभाव हुुने दिन आउन सक्ने बताइन्छ ।
यस्तै पछिल्लो समय अख्तियारको नजरमा सेबोन परेको छ ।

सेबोनका पूर्वअध्यक्ष, केही कार्यकारी निर्देशक तथा अन्य कर्मचारीको विरुद्धमा उजुरी परेको छ । त्यसको छिनोफानो भएको छैन । त्यसपछि सेबोनमा आयोगको नजर धेरै नै लागेको छ । ‘अहिले इमान्दारपूर्वक कुनै फाइल अघि बढायो भनेपछि अख्तियारले कुन दिन पत्र काट्ने हो भन्ने त्राही त्राही छ’ बोर्डका अर्का एक कर्मचारीले भने, ‘यस्तो अवस्थामा काम गर्न भन्दा विकल्प खोज्नेतर्फ साथीहरु लाग्नु भएको छ । करियर दाउमा राखेर सेबोनमा बसेर अब काम गर्न सकिँदैन ।’

बोर्डमा अहिले तत्काल करिब आधा दर्जन कर्मचारी सेबोनको विकल्प खोजेर बसेका छन् । कतिपय कर्मचारीलाई सेबोनमा बसेर सेयर कारोबार गर्न नपाउँदा पनि बिकल्प खोज्नु परेको बताइन्छ ।

यस्तै धितोपत्र बोर्डलाई अझै पनि सरकारले स्वायत्त निकाय बनाएको छैन । बोर्डका कर्मचारीहरुको सेबोन मन्त्रालयको महाशाखा जस्तो भएको बताउँछन् । सेबोन स्वायत्त नहुनु, बोर्डका कर्मचारीले स्वायत्त रुपमा काम गर्न नपाएपछि विकल्प खोज्नेहरु बढ्दै गएका छन् ।
अब सेबोनमा बस्ने कर्मचारीको आर्थिक, रोजगारीको सुरक्षा प्रमुख चिन्ताको विषय बन्ने गरेको बताइन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi