Skip to content

सार्वजनिक ऋण सवा २७ खर्ब नाघ्यो, कति भयो भुक्तानी ?

nabil bank

काठमाडौं । सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

सार्बजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्मको सार्वजनिक ऋणमध्ये आन्तरिक तर्फ १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ । सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।

चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ ।

कात्तिक मसान्तसम्म १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ । भुक्तानी भएको कुल रकममध्ये १ खर्ब २७ अर्ब ६१ करोड साँवा र बाँकी २३ अर्ब २७ करोड रुपैयाँ ब्याजका लागि खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक ऋणको ब्याज भुक्तानीमा प्रयोग भएको रकम चालु खर्चमा समावेश गरिन्छ । यसकारण उक्त अवधिमा उठाइएको १ खर्ब ३८ अर्ब ७५ करोड रकममा साँवा भुक्तानीमा खर्च भएको १ खर्ब २७ अर्ब ६१ करोड घटाइन्छ । विदेशी मुद्राको विनिमय दरमा परिवर्तन आउँदा भएको ४४ अर्ब २२ करोड जोड्दा गएको दुई महिनामा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime