काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ ।
जसमा बोनस सेयर १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश दिन विद्युत नियमन आयोगले स्वीकृत दिएको छ ।
कम्पनीले मंसिर २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि १८ गते बुक क्लोज गर्ने भएको छ । १७ गतेसम्म कायम रहेका सेयधरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले एकै दिन २० औं र २१ औ सभा बोलाएको छ । कम्पनीले लाभांशका साथै १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेवपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्