Skip to content

सुनको मूल्य ५२ सय रुपैयाँ बढ्यो, प्रतितोला कति ?

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उच्च अंकले बढेको छ । मंगलबार छापावाला सुन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य समेत तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला तीन हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime