Skip to content

सामान्य बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो

nabil bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ।

मंगलबार सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ । सोमबार ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँबराबरको मात्र सेयर कारोबार भएको हो । मंगलबार कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ । बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।

आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। यसैगरी, आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३३ प्रतिशत घटेको छ।

आज कारोबारमा आएको तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको जोशी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य ४.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजम उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज २६ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज हिमालयन रि इन्स्योरेन्सको २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime