Skip to content

एलजी नेपालद्वारा नयाँ एलजी एआई टिभी सार्वजनिक

nabil bank

काठमाडौ‌ । एलजी नेपालले नयाँ पुस्ताको एलजी एआई टिभी नेपालमा सार्वजनिक गरेको छ ।

“अफेक्शनट इन्टेलिजन्स” को दर्शनमा आधारित र एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन–२ द्वारा सञ्चालित टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसाथ गर्ने क्षमता राख्दछ । यसले व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको भनाइ छ ।

नयाँ एलजी एआई टिभीले रियल टाइम मै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा सहज बन्दै जान्छ । दैनिक जीवनका नियमित कामदेखि मनोरञ्जनको अनुभवसम्म यो टिभीले स्मार्ट, सहज रुपमा प्रदान गर्दछ ।

नयाँ एलजी एआई टिभी सिजीजले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै निम्न उत्कृष्ट एआईमा आधारित छ । यसका विशेषताहरूमा प्राकृतिक संवादमार्फत छिटो सहायता, तपाईँका रुचि अनुसार सामग्री तथा जीवनशैली सुझाव, दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन, घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ, छिटो, इन्टेलिजेन्ट र प्रभावकारी सामग्री खोज प्रणाली रहेको छ ।

यस्तै प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन जस्ता फिचरहरू रहेका छन् । एलजी एआई टिभी नेपालमा चार प्रिमियम सिरिजहरूमा उपलब्ध हुनेछन् । जसमा एलजी ओएलईडी इभो एआई, एलजी क्यूएनईडी एआई, एलजी नानोसेल एआई र एलजी यूएचडी एआई रहेको छ ।

प्रत्येक मोडेलमा एलजीको अत्याधुनिक एआई क्षमता, गेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य सिरिज उपलब्ध छन् । जसले हरेक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्छ । एलजीका मार्केटिङ र ब्राण्ड प्रमुख मुकेश कुमार बैठा भन्छन्, “एलजी एआई टिभीको आगमनसँगै, हामी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ गर्दैछौं। यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरूसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ,”

“हामी नेपालमा विश्व स्तरीय नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ र स्मार्ट, कनेक्टेड लिभिङको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राख्छौँ,” उनले थपे । नयाँ एलजी एआई टिभी सिरिज अहिले नेपालभर रहेका सबै आधिकारिक एलजी शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध छ। ग्राहकहरूले नजिकको शोरूममा गई प्रत्यक्ष डेमो तथा एआई फिचरहरूको अनुभव लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime