Skip to content

स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक २ हजार भत्ता, ३५ करोड खर्च बढ्ने

nabil bank

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक २ हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताए ।

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक २ हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब १ लाख ५० हजार बेरोजगार युवा छन् । युवालाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिए

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime