Skip to content

हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्युः २७९ को अवस्था अज्ञात

nabil bank

काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको छ । आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बुधबार बिहान २ बजेर ५१ मिनेटमा आगलागी भएको थियो ।

घटनापछि २७९ जनाको अवस्थाबारे कुनै तथ्यांक उपलब्ध नभएको र उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ । ४५ जनाको उपचार भइरहेको छ।

अत्यधिक जोखिमयुक्त परिस्थितिका कारण हङकङ अग्निशमन सेवा विभागले घटनालाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ ।

आगलागीबाट भवनको धेरै भाग धुवाँ र आगोले क्षति पुगेको छ। उद्धार टोलीले फसेका व्यक्तिहरूको खोजी, घाइतेहरूको उद्धार तथा भवनको स्थायित्व मूल्याङ्कनका कामलाई निरन्तरता दिइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime