काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.४३ अंकले बढेर परिसूचक २६७६.०३ बिन्दु कायम भएको छ ।
कारोबारमा ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँको कारोेबार भएको छ । कारोबारमा १३१ कम्पनीको मूल्य बढेको छ भने १२१ कम्पनीको घटेको छ ।
बिहीबार वित्त, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ समूहको उपसूचकमा गिरावट आएको छ । बाँकी सबै समूहको उपसूचक बढेका छन् । आजको कारोबारमा लगानीकर्ताको आकर्षण बैंकमा देखिएको छ । सबै बैंकको सेयर मूल्य बढेको छ ।
कारोबारमा चार वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सागर डिस्ट्रिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, एनआरएन इन्फ्रास्टक्चर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्