Skip to content

३५ मिटर लामो पुलको लागत करिब साढे चार करोड, निर्माणको अन्तिम चरणमा

nabil bank

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो ।

यो पुलको ८.४ मिटर चौडा र ३५ मिटर लामो हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिए । पुलको लागत चार करोड ४६ लाख छ । पुल आगामी साउन २८ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime