काठमाडौं । नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धकका लागि १६ जनाको आवेदन परेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिक्त महाप्रबन्धकका लागि आवेदन दिने १५ दिन समय दिएर कात्तिक २७ गते आवेदन माग गरेको थियो । जसमा १६ जनाको आवेदन परेको छ ।
१६ जना मध्येबाट निगमको महाप्रबन्धक छनोट कार्यविधि–२०८२ मा भएको ब्यवस्था अनुसार छनोट गरिने छ ।
त्यसका लागि आईतबारदेखि काम सुरु हुने जनाइएको छ ।
महाप्रबन्धक सिफारिसका लागि मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छनोट समित गठन भएको छ ।
उक्त समितिले योग्य आवेदकमध्येबाट तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्छ । त्यो नाम मन्त्रालयले मन्त्रिपरिषदमा लगेर मन्त्रिपरिषदले एक जनालाई आगामी चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गर्ने छ ।






प्रतिक्रिया दिनुहोस्