काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सातवटा उद्योग र फर्मलाई कारबाही गर्नुका साथै विभिन्न निर्देशन दिएको छ ।
विभागको टोलीले ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।
तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई २ लाख ५ हजार, काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित घुम्ती किचेनलाई २० हजार, काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई ५ हजार कारबाहीस्वरुप जरिवाना गराएको हो ।
त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्पताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नगरपालिका–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौं महानगरपालिका–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा) लाई सामान्य निर्देशन दिएको छ ।






प्रतिक्रिया दिनुहोस्