Skip to content

जेनजी आन्दोलनः २३ अर्ब ४३ करोड क्षतिको बीमा दाबी, ४ अर्ब बढी भुक्तानी

nabil bank

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलका क्रममा भएको क्षतिमा २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा ३ हजार २५५ वटा बीमा दाबीको परेको हो । जसमा अहिलेसम्म ४ अर्ब २ करोड रुपैयाँ बीमितलाई अग्रिम भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबी करिब १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिब ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको करिब ३ अर्ब ४४ करोड १० लाखमध्ये करिब ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको छ ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिब ५५ करोड ४ लाख रुपैयाँ दाबी रकममध्ये करिब ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख दाबी रकममध्ये ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको ३९ करोड १८ लाख रुपैयाँ दाबी रकममध्ये ३९ लाख रुपैयाँ अग्रिम भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिब २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानी भएको छ । नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८१ करोड रहेको रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime