काठमाडौं । गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित नेपालमा सामसङ ब्रान्डको मोबाइल फोन तथा घरायसी सामग्री बेच्ने हिम इलेकट्रोनिक्स प्रालिले एक वर्षमा करिब पौने ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब ७६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ६ अर्ब ९७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, यस कम्पनीले सन् २०२३ मा ६ अर्ब ३८ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब १६ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ८८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यो कम्पनी सन् १९८८ मा स्थापना भएको हो । यस कम्पनीले विद्युतीय घरायसी सामग्री आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीले सामसङको मोबाइल फोन तथा यस ब्रान्डको घरायसी सामग्रीसँगै अन्य ब्रान्ड बजाज, इन्डोनेसिया र ओसराम र टाइमेक्स घडी पनि बिक्री वितरण गर्दै आएको छ ।
यस कम्पनीमा ७५ प्रतिशत स्वामित्व शेखर गोल्छाको छ । बाँकी स्वामित्व उनका परिवारको सदस्यका छन् । कम्पनीले अल्पकालीन कर्जाका लागि ४ अर्ब ५९ करोड रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया दिनुहोस्