काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेसनलले प्रदान गर्ने तीन वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेबिट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस इस्युइङ र एक्सिलेन्स इन ईकमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो ।
काठमाडौंको मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई अवार्ड प्रदान भएको हो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले उक्त उपलब्धिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।
भिसा इन्टरनेसनल कार्ड प्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, ईकमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।






प्रतिक्रिया दिनुहोस्