Skip to content

बाढी पहिरोका कारण पौने ४ अर्ब दाबी, १ करोड १४ लाख भुक्तानी

nabil bank

काठमाडौं । असोज १८ गते यता आएको अविरल बर्षा तथा बाढी पहिरोका कारण बीमा कम्पनीमा ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँको दाबी परेको छ ।

७४४ बिमितले उक्त रकम दाबी गरेका हुन् । बीमा प्राधिकरणका अनुसार ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ दाबीमध्ये १ करोड १४ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा उक्त दाबी परेको हो । परेको दाबीमा बीमा कम्पनीले भुक्तानी दिन सुरु गरेका छन् । बीमा प्राधिकरणका अनुसार र्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको ३ अर्ब २१ करोड ५० लाखमध्ये ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीमा ४७ करोड ६६ लाखमध्ये १ लाख ५४ हजार रुपैयाँ भुक्तानी भएको छ ।

कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको ४ करोड १४ लाखमध्ये १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको २ करोड ८२ लाखमध्ये ४८ लाख बीमितलाई भुक्तानी भएको छ । मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव १० को बीमा दाबी भुक्तानी शुरु नभएको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime