Skip to content

मध्य चमेलिया जलविद्युत अगाडि बढ्दै, दार्चुला पावरले आईपीओ निष्काशन गर्ने

nabil bank

काठमाडौं । दार्चुला पावर कम्पनिको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ।

यो अपि पावर कम्पनीको सहायक कम्पनी हो । हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब ५ अर्ब ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ।

सेयर निष्कासन गर्न लागेको कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियु्क्त गरेको छ । आईपीओ अघि कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, र त्यहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ।

सभामा कम्पनीका संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए।

उनका अनुसार, निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको संयोजनका कारण आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य कम्पनीले सेयरधनीहरूलाई विश्वस्त गराएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime