Skip to content

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच भेट, अर्को छलफल कहिले ?

nabil bank

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईबीच शुक्रबार वार्ता भएको छ ।

सिंहदरबारमा भएको उक्त भेटवार्ता मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईले जानकारी दिए ।

उनले भने, “मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरी छलफल गर्ने सहमति भएको छ ।”

संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime