काठमाडौं । विभिन्न ५ वटा उद्योगीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बापतको दोस्रो किस्ता बक्यौता भुक्तानी गरेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार अहिलेसम्म ५ उद्योगले दोस्रो किस्ता बापतको रकम भुक्तानी गरेका छन् ।
सिलवालका अनुसार अशोक स्टील, हुलास र हामा स्टीलले दोस्रो किस्ता तिरेका छन् ।
सिलवालका अनुसार अशोक स्टीलले ६३ लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र हामा स्टीलले २० लाख ८९ हजार रुपैयाँ तिरेका छन् ।
उनका अनुसार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले दोस्रो किस्ता तिरिसकेका छन् । लक्ष्मी स्टीलको १९ करोड ३ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैयाँ तिरेका छन् ।
प्राधिकरणले उद्योगीलाई बाँकी बक्यौता रकम २८ किस्तामा तिर्न सक्ने व्यवस्था गरेको छ ।






प्रतिक्रिया दिनुहोस्