काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो ।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आव २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले स्वीकृत गरिएको छ ।
यस्तै, सभाले आव २०८२÷८३ का लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समिति सदस्यहरूको पुनर्नियुक्ति, तथा सभाको निर्णयमा हस्ताक्षर गर्ने सेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको छ । साथै, सार्वजनिक निष्कासन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्