Skip to content

प्रधानमन्त्रीको उपस्थितीमा एनआरएनए एकता घोषणा, अप्रिल १७ सम्ममा १२औँ महाधिवेशन हुने

nabil bank

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो । एनआरएनएले लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ ।

करिव चार वर्षदेखि विभाजनमा रहेको गैरआवासीय नेपाली संघ विभाजनमा रहेको थियो । विभाजित संघमा डा. बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गरिरहेका थिए ।

एकतापछि १२ औं महाधिवेशन २०२६ अप्रिल १७ सम्ममा गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमिति श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान तयार भएको छ ।

महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति जुटेको छ ।

यसअघि विभिन्न समयमा एनआरएनको आधिकारिकता लगायतका विषयमा सबै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता लिने सहमति पनि भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime