Skip to content

प्रभु बैंकका सीईओसहित डीसीईओ र सीसीओ पक्राउ, अनुसन्धान सुरु

nabil bank

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र प्रमुख कर्जा अधिकृत सीसीओलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका सीईओ अशोक शेरचन, डीसीईओ मणि राम पोखरेल र सीसीओ रिवास श्रेष्ठलाई आज पक्राउ गरेको हो । सीआईबीले तीनै जनालाई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा पक्राउ गरेको हो ।

कुसुम लामा समेत उपर अनुसन्धान भएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार प्रभु बैंकका सीईओ अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको पाइएको छ । सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने-गराउने कसुरमा पोखरेल र श्रेष्ठ पनि संलग्न रहेका पाइएको छ ।

पक्राउ परका तीनै जनालाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ अनुमति लिएर पक्राउ गरी अनुसन्धान सुरु भएको  सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime