काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले अहिले तरलता व्यवस्थापन गर्न समस्या भएको बताएका छन् । त्यसका कारण बैकको नाफामा समेत असर परेको बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा उक्त कुरा बताए । राष्ट्र बैकले आज नै चालू आवको मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ । यसका बारे गभर्नर पौडेलले थप व्याख्या गरेका छन् ।
उनले मौद्रिक नीतिसँग बैकको वित्तीय प्रडक्ट मेल खाने हुनुपर्ने बताए । बैकले तयार पारेका लोन प्रडक्ट सबैलाई मेल खाने हुनुपर्ने बताए । उनले बैकका म्यानेजरले उद्योगी व्यवसायीसँग समन्वय गर्न सुझाव दिए ।
उनले मौद्रिक नीतिको पहिलो समीक्षाले ओडि बढाएको बताए । उनले बैकको शाखा घटाउने नीति लिएको र यसले नाफा बढाउन सहयोग पुग्ने दाबी गरे । एकै घरमा धेरै बैक नचाहिने उनको भनाइ छ ।
पौडेलले लघुवित्तमा पनि सहजीकरण गरेको, ऋणको क्षमता बढाएको उल्लेख गरे ।






प्रतिक्रिया दिनुहोस्