Skip to content

लायन्स मनराम प्रतिष्ठान नेपालको नयाँ कार्यसमिति, १० विद्यालयमा पुस्तकालय स्थापना

nabil bank

काठमाडौं । लायन्स मनराम प्रतिष्ठान २००५ नेपालको सुजनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । प्रतिष्ठानको चौधौं साधारणसभाले ३ बर्षका लागि नयाँ कार्यसमिति चुनेको हो ।

उक्त समितिको संरक्षकमा मनमाया श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, महासचिव रामप्रसाद घिमिरे, सचिव रेशमबहादुर पोख्रेल र कोषाध्यक्षमा पुनम कार्की निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरूमा इन्दु लम्साल, राजेन्द्रकुमार श्रेष्ठ, शकुन्तला खड्का, पार्वती खरेल पाण्डे र ठाकुरप्रसाद खनाल निर्वाचित भए । नयाँ कार्यसमितिमा गत कार्यसमिति कै पदाधिकारी र सदस्यहरू दोहोरिएका हुन् ।

उक्त कार्यक्रममा प्रत्येक १० विद्यालयहरूको मुद्दती खातामा एक– एक लाख र ३५ हजारबराबरको विभिन्न पुस्तक विद्यालयमा पुस्तकालय स्थापनार्थ सहयोग गरियो । प्रतिष्ठानले मनराम पुस्तकालय स्थापनार्थ लायन्स क्लब अफ काठमाडौं बन्डर उमनको स्थानीय सहयोगमा अमृत विद्या मन्दिर, बेथानचोक–२, काभ्रेलाई रकमसहित पुस्तकहरू उपलब्ध गराएको प्रिन्सिपल रघुनाथ सापकोटाले जानकारी दिए । प्रतिष्ठानका उपाध्यक्ष लायन राजन लम्सालका अनुसार अन्य विद्यालयलाई पनि विभिन्न क्लबको स्थानीय सहयोगमा १ लाख रकमसहित पुस्तकहरू उपलब्ध गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष लायन सुजनकुमार श्रेष्ठले मुलुकका ७७ बटै जिल्लाका १५४ विद्यालयमा मनराम पुस्तकालय स्थापना भइ सकेको र यस बर्ष १० वटा थप गरी १६४ पुस्तकालय पुगेको जानकारी दिए । पुस्तकालय स्थापनाका लागि विद्यालयको छनोट डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले गरेकी थिइन् । साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुनम कार्की र वार्षिक प्रतिवेदन सचिव रेशमबहादुर पोख्रेलले प्रस्तुत गरेका थिए ।

संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसनबाट प्रत्येक वर्ष वितरण हुने मनराम– एसकास पत्रकारिता पुरस्कार यस वर्ष गोविन्द पोखरेललाई प्रदान गरियो । पत्रकारिता पुरस्कार सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रदान गरेका थिए, जसको राशि ५० हजार रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime