काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेर बन्द भएको छ। सेयर बजार आइतबार पनि घटेर बन्द भएको थियो ।
सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। तर, सेयर बजारमा भने यसको कुनै असर देखिएको छैन ।






प्रतिक्रिया दिनुहोस्