Skip to content

वीरगञ्ज नाका हुँदै ५ अर्ब ८९ करोडकौ १६ थरिका खाद्यवस्तु आयात

nabil bank

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ४ महिनामा ५ अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अविधको तुलनामा यो १ अर्ब २४ करोडले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार २ अर्ब २९ करोड बराबरको ४ करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र २ अर्ब एक करोड बराबरको ५ करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।

त्यसैगरी, १ अर्ब ६ करोड मूल्यका १ करोड ९ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime