काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको भाउ बढेर तोलामा ३ हजार ५४५ रुपैयाँ रहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्