Skip to content

हामीले किन प्रगती गर्न सकेनौ भन्ने विषय नीति निर्माता, नियामक निकायले बुझ्न जरुरी छः अध्यक्ष पाण्डे

nabil bank

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हाम्रो जस्तै अर्थतन्त्र भएका मुलुकहरु आज हामीभन्दा धेरै अगाडि पुगिसकेको छन् ।

ती देशले किन र कसरी प्रगती हासिल गर्न सके भन्ने विषयलाई हाम्रा नीति निर्माता, नियामक निकायले बुझ्न जरुरी रहेको बताए । ‘नीति स्थिर हुने, उत्पादनमुलक उद्योगलाई संरक्षण गर्ने र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगिकरणका माध्यमबाट हामी पनि छोटो समयमै अगाडि बढ्न सक्छौं’ उनले भने ।

परिसंघले औद्योगिक विकास केन्द्रित बजेट वाच कार्यक्रममा समग्र आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गरे । औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरुको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।

‘हामी औद्योगिक विकासमा केन्द्रित भई सो अनुरुप नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ’ उनले भने ‘ त्यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग गर्छ ।’ स्वदेशी उत्पादन बढाउन सकिएन भने आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसक्ने उनको भनाइ छ ।

विश्व नै व्यापारमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा हाम्रो लक्ष्य पनि स्पष्ट हुन आवश्यक रहेको उनको भनाइ छ । ‘आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ’ उनले भने ‘त्यसैले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनसँगै आगामी बजेटको लक्ष्य पनि सोही दिशामा केन्द्रित हुन आवश्यक छ ।’

देशको उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको नेतृत्वदायी संस्था नेपाल उद्योग परिसंघले सरकारका योजना तथा कार्यक्रमहरूको सफल कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गरे । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राखेर समग्र अर्थतन्त्रको विकास तथा विस्तारका लागि नीतिगत सुझाव दिँदै आएको उनको भनाइ छ ।

उनले बजेटले महत्वपूर्ण लक्ष्य राख्ने तर कार्यान्वयन भने कमजोर रहने गरेको अनुभव सबैले महसुस गरेको हुँदा बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बजेट वाच पहल अगाडि बढाएको बताए ।

बजेटको सफल कार्यान्वयनले नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुने उनको भनाइ छ । ‘त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महत्वपूर्ण छ’ उनले भने ।

परिसंघले बजेटमा निजी क्षेत्रकोतर्फबाट नीतिगत सुझाव दिँदै आएको स्मरण गराउँदै उनले भने ‘हाम्रा नीतिगत सुझावहरु बजेटमा समावेश पनि हुन्छन् । त्यसले हामीलाई उत्साह प्रदान गर्दछ । तर जब कार्यान्वयनको चरण आउँछ, बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime