Skip to content

सेयर बजार स्थिर, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजार स्थिर भएको छ । बजार मापन गर्ने सूचक ०.५३ अंकले घटेर परिसूचक २६४४.७० बिन्दु कायम भएको छ ।

निकै उतार चढाबकाबीच बजार स्थिर बनेको छ । कारोबारमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा वाणिज्य बैंक, होटल, लगानी, माइक्रोफाइनान्स समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ ।

आज १२५ कम्पनीको मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको मूल्यको सकारात्मक सर्किट लागेको छ । सागर डिस्ट्रिलरी, सामुदायिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime