काठमाडौं । ह्यात होटलमा रहेको प्राइड क्यासिनोमा जेनजी आन्दोलनका क्रममा लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
क्यासिनोमा लुटपाट गर्ने दावा सेट्टी र रणे भनिने रञ्जित खड्गीलाई गत साता पक्राउ गरेको हो ।
भदौ २४ गते होटल हायातमा रहेको प्राइड क्यासिनोमा लुटपाट भएको थियो । क्यासिनोमा लुटपाट भएको भिडियो बाहिरिएपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको थियो ।






प्रतिक्रिया दिनुहोस्